सोम नाथ सापकोटा

शिक्षानै समाजको आर्थिक एवं सामाजीक रुपान्तरणको माध्यम हो । विषयगत दक्षता, व्यवहारीक र प्राविधिक क्षमतायुक्त जनशक्ति बाट मात्र देशमा औद्मोगिक विकास, उद्ममशिलता र स्वरोजगारको अवसर सृजना गरी गरिविलाई कम गर्न सकिन्छ । यसै उद्देश्यका साथ गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको स्तर निर्धारण र प्रमाणिकरण गर्ने तथा प्रविधिक शिक्षा तथा व्यावसायिक तालीमको ब्यवस्था गरी बजार माग अनुरुपको मानव संसाधन बिकास गर्न गण्डकी प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान ऐन ( २०७६ जारी भई यस प्रतिष्ठानको विधिवत स्थापना गरिएको छ । यस प्रतिष्ठानले यस प्रदेशका एघार जिल्लाहरुमा शिपयुक्त तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गरी दिगो विकासका लक्ष्यहरु र प्रक्षेपण गरिएका त्यसका सूचकहरु समयमै हासिल गर्न महत्वपुर्ण योगदान दिनसक्ने गरी यस संस्थालाई बिकास गर्न सबै पक्षबाट सहयोग हुने अपेक्षा लिएको छु । सिकाई जिविकोपार्जनको लागी मात्र नभई उद्ममसिल र स्वरोजगार बनाउने अभियानमा यस प्रतिष्ठान र यस अन्तर्गत संचालन हुने तालीम र तहगत सिकाईले महत्वपुर्ण योगदान खेल्ने र गण्डकी प्रदेशलाई आवश्यक मध्यम स्तरिय र सिपयुक्त जनशक्ति उत्पादन गर्ने एक अग्रिणी संस्थाको रुपमा विकास गर्ने साझा लक्ष्यका लागि सबै सरोकारवालाहरु तथा राष्ट्रिय एबं अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वय, सहयोग, सहकार्य र साझेदारीको लागि म हार्दिक आव्हान गर्दछु ।