गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको स्तर निर्धारण र प्रमाणिकरण गर्ने तथा प्रविधिक शिक्षा तथा व्यावसायिक तालीमको ब्यवस्था गरी बजार माग अनुरुपको मानव संसाधन बिकास गर्न गण्डकी प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान ऐन ( २०७६ मिति २०७७।३।१ मा जारी भई यस प्रतिष्ठानको विधिवत स्थापना भएको हो । प्रदेश सरकारको मुख्यमन्त्री संरक्षक रहने गरि प्रतिष्ठानमा २४ सदस्यीय सभा र ५सदस्यीय कार्यसमितीमा, अध्यक्ष प्रदेश सरकारको शिक्षा हेर्ने माननीय मन्त्री र प्रतिष्ठानको कार्यकारी निर्देशक सदस्य सचिब रहने ब्यवस्था छ ।
साधरण शिक्षाको वाहुल्यता भएको वर्तमान शिक्षा प्रणालिवाट श्रम वजारसंग प्रत्यक्ष जोडिएको सीपयुक्त प्राविधिक र व्यावसायिक जनशक्ति उत्पादन गरि शैक्षिक प्रणालिमा रुपान्तरण गर्ने प्रतिष्ठानको लक्ष्य रहेको छ । प्रदेश सरकारले प्राथमिकीकरण गरेका संवृद्धिका सात मुख्य संवाहकहरु कृषि, उर्जा, उद्योग, मानवसंसाधन, पूर्वाधार,पर्यटन र सुशासन लाई समुचित रुपमा विकास गर्न प्रतिष्ठानकोे महत्वपर्ण भूमीकाको अपेक्षा गरिएको छ । यस संस्थाले स्थानिय स्तरमा रहेको पूँजी परिचालन, परम्परागत सीपको जगेर्ना र विकसीत डिजिटल प्रविधि र सीपको उपयोगबाट स्वरोजगार बनाई दिगो विकासका लक्ष्यहरु हासिल गर्न समेत महत्वपुर्ण योगदान दिन सक्ने अपेक्षा गरिएको छ । स्थापनाको प्रारम्भमा सामाजिक विकास मन्त्रालयको प्राङ्गण भित्रको एउटा कोठामा संचालित यस प्रतिष्ठान हाल पोखरा महानगरपालिका वडा नं १७ ड्याम साइड स्थित भाडाको घरमा संचालित छ । प्रतिष्ठानले आफ्ना छोटो र लामो अबधिका तालिम र अन्य प्रशासनिक कार्यहरु संचालन गर्न एकिकृत नमुना प्राविधिक ग्राम विकासको लागि संघिय सरकारवाट स्याङ्गजा जिल्लाको फेदिखोला गाँउ पालिकाको वडा नं १ गुर्धुममा १६० रोपनि जग्गा प्राप्त गरि पूर्वाधार विकासका लागि विस्तृत परीयोजना प्रतिवेदन तयारीको क्रममा रहेको छ । 

दुर दृष्टि

समृद्ध् प्रदेशका लागि सिपयुक्त जनशक्ति बिकास

ध्येय 

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानलाई एक सक्षम एवं गतिशिल संस्थाको रुपमा विकास गरी प्रादेशिक/राष्ट्रिय/अन्तराष्ट्रिय बजारको माग अनुसारको सीपयुक्त जनशक्ति तयार पार्ने ।