(क) प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा समतामूलक पहुँच सुनिश्चित गर्ने,
(ख) गण्डकी प्रदेश सरकारलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा आवश्यक नितिगत सुझाव प्रदान गर्ने,
(ग) बजार माग बमोजिमको आधारभूत र मध्यम स्तरिय सिपयुक्त जनशक्ति उत्पादनको ब्यवस्था गर्ने,
(घ) औपचारीक अनौपचारीक तथा अरीतकि माध्यमवाट प्राप्त सीपको परीक्षण तथा प्रमाणीकरण गर्ने,
(ङ) सरोकारवालाहरुको सहकार्यमा कार्यक्षेत्रगत (on the job training) तालिम संचालन गर्ने ब्यवस्था मिलाउने,
(च) गण्डकी प्रदेश स्तरिय “गण्डकी प्राविधिक शिक्षालय” को विकास गरि उक्त संस्थालाई उत्कृष्ट केन्द्र (Center of Excellence)को रुपमा विकास गर्ने ,
(छ) प्रदेशका जिल्लाहरुमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजनावद्ध विकाश र बिस्तार गर्ने ।