• पूर्वाधार विकासको गुरुयोजना तयार गरी प्रदेश सरकार र वैदेशिक साझेदारीमा लगानी गरीने छ।
  • औपचारीक ,अनौपचारीक र अरीत्तिक माध्यमबाट हाँसिल सिपको परिक्षण तथा  प्रमाणिकरण  गरी व्यवसाय संचालनको लागि प्रदेश तथा स्थानियतहवाट सहयोगको लागि प्रोत्साहन गरीने छ।
  • योग्य र सक्षम जनशक्तिलाई शिक्षक प्रशिक्षकको रुपमा भित्राइ शिक्षार्थीको आधारभुत सीप सुनिश्चित गरीने  छ ।
  • मापदण्डमा आधारित छात्रवृत्ति वितरण कार्यविधि तयार गरिने छ ।
  • संगठित संस्था सँगको सहकार्यमा उद्यमी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने छ ।
  • अनुसन्धान र वजार मागका आधारमा छोटो अवधिको व्यावसायिक शिक्षाको पाठ्यक्रम निर्माण तथा समय सापेक्ष पूनरावलोकन गरिने तालीम संचालन गरीने छ ।
  • प्राविधिक तथा व्यावसायिक शिक्षाका विशिष्ट विषयहरुको व्यवस्था तथा उच्च स्तरका प्रयोगशाला व्यवस्थापन  गरीने छ ।
  • लक्षित र निम्न आर्थिक अवस्था भएका  व्यक्तिहरुलाई आरक्षित कोटा निर्धारण गरी कार्यान्वयन गरीने छ ।