स्थापनाको प्रारम्भमा सामाजिक विकास मन्त्रालयको प्राङ्गण भित्रको एउटा कोठामा संचालित यस प्रतिष्ठान हाल पोखरा महानगरपालिका वडा नं १७ ड्याम साइड स्थित भाडाको घरमा संचालित छ । प्रतिष्ठानले आफ्ना छोटो र लामो अबधिका तालिम र अन्य प्रशासनिक कार्यहरु संचालन गर्न एकिकृत नमुना प्राविधिक ग्राम विकासको लागि संघिय सरकारवाट स्याङ्गजा जिल्लाको फेदिखोला गाँउ पालिकाको वडा नं १ गुर्धुममा १६० रोपनि जग्गा प्राप्त गरि पूर्वाधार विकासका लागि विस्तृत परीयोजना प्रतिवेदन तयारीको क्रममा रहेको छ ।